समाचारपत्रकर्मी रिजालसहित ८ पत्रकार विभूषित



न्युज अफ नेपाल, काठमाडौँ । 

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले सहित जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दैआएका पत्रकारलाई उक्त पदकबाट विभूषित गर्नुभएको हो ।

विभूषित हुनेमा दीपक रिजाल (नेपाल समाचारपत्र), नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी), परशुराम काफले (नयाँ पत्रिका) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) हुनुहुन्छ ।

समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा.डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्