शिवरात्रीमा बाटो छेक्दै गरेका बालकको बसले किचेर मृत्यु



न्युज अफ नेपाल, दोलखा ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा बसले किँच्दा एक बालकको मृत्यु भएको छ ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवरात्री मनाउने क्रममा बालकले डोरी टाँगेर चालकसँग सहयोग माग्दै थिए । थामीलाई बसको पछाडिको चक्काले किँच्दा घटनास्थलमै मृत्यु भएको हो ।

चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्