मेयर यादवविरुद्ध प्रहरीमा उजुरी



गोकुल घोरसाइने, बारा । 

छोराले भिडियो बनाएर फेसबुकमा पोस्ट गरेको आरोपमा बाबुलाई शौचालयमा थुनेर कुटपिट तथा दुव्र्यवहार गर्ने महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवमाथि कारबाही माग गर्दै पीडित हरेन्द्र महतो कोइरीले बिहीबार प्रहरीमा जाहेरी दिनुभएको छ।

महागढीमाई नगरपालिका २ मैनीटोल बस्ने वर्ष ५५ का कोइरीले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कारबाहीका लागि मेयर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनुभएको हो। जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कारबाही गरी मेयर यादवबाट क्षतिपूर्तिसमेत भराइदिन कोइरीले प्रहरीसमक्ष माग गर्नुभएको छ। मेयर यादवमाथि कानुनी कारबाही माग गर्दै संघीय संसद्मा बारा क्षेत्र नं. २ का रामसहाय यादव, सोही क्षेत्रबाट प्रदेशm २ का प्रदेशसभा सदस्य बच्चा यादव, पारस साहसमेत कोइरीसँगै प्रहरी कार्यालय पुगेका थिए।

छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भइरहेको ढिलासुस्तिबारे मेयर यादवको अडियोसहितको भिडियो फेसबुकमा पोस्ट गरेको निहुँमा गत सोमबार कोइरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो। गत वर्ष नै पूरा भइसक्नुपर्ने नाला निर्माणमा भइरहेको ढिलासुस्ति बारेमा मुकेशले अपलोड गरेको भिडियो हाल फेसबुकमा भाइरल छ। शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका प्रहरीले फेला पार्न नसकेपछि खेतमा काम गरिरहेका उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए।

छोरालाई भगाएको भन्दै मेयर यादव आपूmले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमानेपछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिनुभएको थियो। ञविनाकसुर अपमान र दण्ड सजाय व्यहोर्नुपड्डयोु, कोइरीले भन्नुभयो+ ञअब अरु केही चाहिएको छैन न्याय पाए पुग्छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले कोइरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवलाई विपक्षी बनाएर जाहेरी दिएको जानकारी दिनुभयो। ञमेयरविरुद्ध जाहेरी परेको छ, उपरीक्षक पंगेनीले भन्नुभयो, आवश्यक छानबिनपछि कारबाहीअघि बढ्छ।

उता, मेयर यादवका मान्छेले ज्यान लिने धम्की दिन थालेपछि कोइरीका छोरा मुकेश गाउँ छाडेर ३ दिनदेखि सदरमुकाम कलैया बस्न थाल्नुभएको छ। ञमोबाइलमा बारम्बार धम्कीपूर्ण फोन र एसएमएस आउँछु, मुकेशले भन्नुभयो+ ञअसुरक्षाका कारण घरमा पनि बस्न सकिएको छैन।

मेयर यादवका पिए बताउने स्थानीय साजन गुप्ताले मुकेशको भतिजोलाई मोबाइलमा फोन गरेर केही दिनभित्र सिध्याइदिने धम्की दिएको उहाँले सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्