चीनबाट उद्दार गरी स्वदेश फर्काइएका युक्रेनी नागरिकमाथि आक्रमण



ऐजेन्सी । चीनबाट उद्दार गरी ल्याइएका युक्रेनी नागरिक चढेको सवारी साधनमाथि आक्रमण भएको छ । नोभी सान्जारीस्थित एक अस्पतालमा १४ दिन क्वारन्टीनमा राख्न लगिँदै गरेका उनीहरुमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन् ।

चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो । छ वटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले आगो बालेर तथा ढुङ्गा प्रहार गरेर विरोधमा उत्रिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन् । यस्तै, बसमा ल्याइएका उनीहरु कसैमा पनि भाइरसको संक्रमण नभएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्