जापान र इरानमा कोरोनाभाइरस संक्रमितको मृत्यु



टोकयो, (एजेन्सी)

जापानको योकोहामाको समुद्री किनारमा रोकिराखेको ञडाइमन्ड प्रिन्सु नामक क्रुज जहाजमा रहेका दुई वृद्ध यात्रुको मृत्यु भएको छ। मर्नेमा एक पुरुष र अर्की महिला रहेको र दुवैजना ८० वर्षभन्दा बढी उमेरका रहेको जापानी सञ्चारमाध्यमले जनाएको छ।

जापानी समाचार संस्था क्वोडो र एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै मृतक दुवै जापानी नागरिक रहेको जसमध्ये पुरुषको उमेर ८७ छ भने महिलाको उमेर ८४ रहेको पुष्टि गरेका छन्। तिनीहरु दुवैको कोरानाभाइरसबाट संक्रमित हुनुअघि नै स्वास्थ्य स्थिति निकै कमजोर रहेको बताइएको थियो।

डाइमन्ड प्रिन्समा सवार व्यक्तिमा कोरोनाभाइरस देखिएपछि उक्त विशाल क्रुज जहाजलाई केही दिनदेखि क्वारेन्टाइनमा राखिएको हो। शुरुमा जहाजमा रहेका ३७ सय बिरामीमध्ये ६ सय २० जनामा कोरोनाभाइरस अर्थात् कोभिड+१९ देखिएको थियो। जहाजमा रहेका अस्टझेलिया, अमेरिका, क्यानडा र हध्रकध्रका नागरिकलाई भने एयरलिफ्ट गरिएको थियो।

यसैगरी, दक्षिण कोरियाले बिहीबार पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण एकजना ६३ वर्षीय व्यक्तिको ज्यान गएको खुलासा गरेको छ। दक्षिण पूर्वी शहरका मेयरले २५ लाख बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्।

दक्षिण कोरियाको यस पछिल्लो घटना पछि हालसम्म चीनबाहिर कोरोनाभाइरसका कारण मर्नेको संख्या ९ पुगेको छ। यसबाट फ्रान्स, जापान, हध्रकध्र, फिलिपिन्स र ताइवानमा मानिसहरुको ज्यान गइसकेको छ। कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरुले थप २२ जनामा संक्रमण भेटिएपछि अब संक्रमितको संख्या १ सय ४ पुगेको पुष्टि गरेका छन्।

यसैबीच इरानमा पनि कोरोनाभाइरस संक्रमित दुईजनाको मृत्यु भएको छ। मध्यपूर्वमा यस रोगबाट ज्यान गुमाएको यो पहिलो घटना हो। राजधानी तेहरानबाट दक्षिणमा रहेको कोम शहरमा दुई वृद्धको मृत्यु भएको बताइएको छ। तर, तिनीहरुकोे उमेर र लिंग भने खुलाइएको छैन। हालसम्म यो रोगबाट चीनमा मात्र २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

चीनको सांघाइस्थित डाक्टरहरुले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि सो भाइरसको उपचारबाट निको भइसकेका मानिसहरुको रगत प्लाज्मा प्रयोग गरिरहेका एकजना चिनियाँ प्राध्यापकले बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक वरिष्ठ आपतकालीन विशेषज्ञका अनुसार यो प्लाज्मा परीक्षण निकै विश्वसनीय देखिए पनि बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि टाइमिध्रको बढी महङ्कव हुने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्