एनआरएन युकेमा करोडौको घोटाला



नेपाल समाचारपत्र, लण्डन ।

गैर आबासिय नेपाली संघ बेलायत ( एनआरएन युके ) आर्थिक अनियमितताको बिबाद सेलाउन नपाउदै फेरी अर्को बिबादको भुमरीमा फसेको छ।
एनआरएनको जन्मस्थल युकेमा एनआरएनले आफ्नो स्थापना दिवस अक्टोबर महिनामा मनाउदै आएकोमा युकेमा भने मार्चमा मनाउने भन्ने कार्यक्रम बिबादमा परेको छ। गत सेप्टेम्बरमा सम्पन्न चुनाबमा व्यापक धाधली ,अनियमितता र एक पक्षको बहिस्कारका बीच हाल नेतृत्व गरिरहेकी अध्यक्ष पुनम गुरुध्रलाई बिवादमा पारिएको छ।

आउदो मार्च ५ तारिखमा एनआरएन युकेको १५औ स्थापना दिवस मनाउने भनी उक्त कार्यक्रमका लागि बेलायतका सर्बाधिक बिबादास्पद व्यक्ति रामशरण सिम्खडालाइ संयोजक तोके पछि बिबाद बढेर सस्थापकहरुले नै उक्त कार्यक्रममा सहभागी हुन नैतिकताको आधारमा नमिल्ने बताएका छन।
स्थापनाकाल देखि नै आर्थिक लगायतका बिभिन्न काण्डहरुमा मुछिएका सिंखडा संयोजक भएपछि सस्थापकहरुले सहभागी नहुने जानकारी दिएका हुन्।

एनआरएन आइसीसी सदस्य समेत रहेका सिम्खडाले गत निर्वाचन ताका केन्द्रिय बिधानको बर्खिलाप हुने गरी एक समुहका केही उम्मेदवारको निर्वाचन घोषणा सभामा अर्को पक्षलाइ हराउन खुलेयाम भाषण गर्दै हिडेका थिए।

निर्वाचनताका समेत विभिन्न आर्थिक लेनदेन गरि सिम्खडा धाधली र अनियमिततामा संलग्न भएको बर्तमान कार्यसमिति र आइसीसी सदस्यहरु बताउछन। यस्तो परिस्थितिमा सिंखडा संयोजक भएको कार्यक्रममा सहभागी हुन नसक्ने उनीहरुको तर्क छ। कार्यसमितिका निबर्तमान पदाधिकारी, सदस्य र सल्लाहकारहरु समेत उक्त कार्यक्रममा सहभागी नहुने बताएका छन।

एनआरएन युकेका हालका सदस्य र सल्लाहकार तथा थुप्रै सामाजिक योगदान दिएका एनआरएन अभियन्ताहरु समेत एनआरएन युकेको हालको आर्थिक अनियमितताको छानबिन नभएसम्म यस्तो बिबादास्पद कार्यक्रममा सहभागी भएर कलंकको साक्षी बन्न नहुने बताउदै आएका छन। सामाजिक संजालमा समेत उक्त बिबादास्पद कार्यक्रमको टिका टिप्पणी भैरहेको छ।

यसै बिषयमा पत्रकार समेत रहेका एनआरएन युकेका सस्थापक सदस्य एबम निबर्तमान सल्लाहकार बिपिन निरौला आर्थिक अनियमितता ,सल्लाहकार गठन लगायतका बिबाद समाधान नभई बिबादास्पद व्यक्तिलाई कार्यक्रमको आयोजना गर्ने जिम्मा दिनु राम्रो नभएको बताउनुहुन्छ।

यसैबीच संघको पहिलो नम्बरमा सल्लाहकार मनोनयनमा परेका निवर्तमान उपाध्यक्ष एबम गत निर्वाचनमा अध्यक्ष्यका प्रत्यासी शेरबहादुर सुनारले सल्लाहकार बस्न अस्वीकार गर्नु भएको छ। संघभित्र गत कार्यसमितिले गरेको ४ करोड रुपैयाँको घोटालाको छानविन गर्न माग गर्दै सुनारले सो पद अस्वीकार गर्नुभएको हो ।

एक विज्ञप्ति जारी गर्दै सुनारले संघको हिसाव कितावको खोजविन गर्नु र सत्य तथ्य बाहिर ल्याउनु आफ्नो पनि कर्तव्य भएको उल्लेख गर्दै सर्वसाधारण नेपालीहरुबाट जम्मा पारिएको करौडौ रुपयाँ माथि भएको भ्रष्टाचारको जब सम्म पूर्ण रुपमा छानविन गरिदैन तबसम्म सल्लाहाकारमा नबस्ने भनी घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्