पुलिस स्कुलकाे जित



काठमाडौं, (नेस)
छैटो नेपाल एपीएफ विद्यालय कप फुटबल प्रतियोगिताको उपाधि साँगाको नेपाल पुलिस स्कुलले बिहीबार जितेको छ । पुलिस स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २–१ ले हराएको हो ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोसित भए भने सोही स्कुलका सन्देश तामाङ्ग सर्वाधिक गोल कर्ता घोषित भए । त्यस्तै सोदिन अवाल उत्कृष्ट खेलाडी, साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित टोली बन्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्