नाडा कार्यसमिति र अर्थसचिव ढुंगानाबीच भेटवार्ता 



नेपाल समाचारपत्र, काठमाडौं ।

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको कार्यसमिति र नवनियुक्त अर्थसचिब शिशिर ढुंगानाबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा नाडा कार्यसमितिले फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याबारे अर्थसचिव ढुुंगानालाई जानकारी गराएका छन् ।

सो भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्षहरू, महासचिब, कोषध्यक्ष, सहकोषध्यक्ष लगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । भेटमा नाडाका अध्यक्ष दुलालले अर्थ सचिव भएकोमा ढुंगानालाई बधाई तथा शुभकामना दिंदै अटो क्षेत्रको समस्या र त्यसलाई समाधान गर्न मन्त्रालयले पहलकदमी लिन आग्रह गर्नुभएको थियो ।

नाडाका उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्या बारे जानकारी गराउनुभएको थियो । यसैगरी महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउन सरकारले गर्नु पर्ने कामको बारे आफ्नो धारणा राख्नुभएको थियो ।

सचिव ढुंगानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा धन्यवाद दिदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्