अश्लील शब्दप्रति आपत्ति



काठमाडौं, (नेस)

नेपाल निजामती कर्मचारी युनियनले निवर्तमान सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति आपत्ति जनाएको छ।

बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको एक अडियोमा कर्मचारीप्रति अश्लील शब्द भनेको भन्दै अपमान गरेको भन्दै विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाइएको हो।

‘नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट यस्तो उपेक्षाबोधक अश्लील शब्दले आम राष्ट्रसेवकलाई मानमर्दन गर्नु खेदयोग्य र कारबाहीजन्य अपराध हो’, युनियन (संघ) का उपमहासचिव दुर्गाप्रसाद फुयाँलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस सम्बन्धमा स्वतन्त्र छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्