‘स्वर्गद्धारी प्युठान महोत्सव’ सुरु



सलिम अन्सारी,प्युठान।

प्युठानको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ’कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरिले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक केदारमान कक्षपतीले जिल्लाको कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रको प्रवद्र्धन र लगानीमैत्री वातावरणका लागि राज्यको ध्यानार्षण गराउने उद्देश्यले महोत्सव संचालन गरिएको बताउनुभयो ।स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै घरेलु उत्पादनलाई बजार सम्म र्पुयाउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने उहाले बिश्वास ब्याक्त गर्नुभयो।

कार्यक्रममा जिल्लाको मौलिक कला सस्कृती र भेषभुषा झल्किने झाँकी पनि प्रस्तुत भएका थिए। २ सय ५० वटा व्यापारिक स्टलहरु राखिएको छन ।महोत्सवमा ८ करोड बढीको कारोबार हुने र एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । बाल उद्यान, कृषि प्रर्दशनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रर्दशन रहने जनाइएको छ ।

महोत्सव हेर्नका लागि सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । त्यस्तै,जिल्ला सदरमुकाम खलगाँका युवाहरुको पहलमा नयाँ वर्ष २०७७ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वैशाख १, २ र ३ गते ‘मल्लरानी प्रथम पर्यटन महोत्सव’ संचालन समेत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्