सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा विवाद परेपछि तत्काल अगाडि नबढाउन निर्देशन दिएको छ ।

यससम्बन्धी बिहिबार सिंहदरबारमा बसेको बैठकमा समितिल ८ वटा बुँदामा छलफल गरेको थियो । समितिका सभापति भरतकुमार साहले सञ्चारमन्त्रीले कमिशन मागेको अडियो बाहिरिएकाले खरिद प्रक्रिया तत्काल रोक्न निर्देशन दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि संसदको लेखासमितिले छानबिन गर्ने भएको हो ।लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा भएको कार्यप्रगतीको जवाफ सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेल र सञ्चार सचिव दीपक सुवेदीसँग जवाफ मागेको थियो । उनीहरुबाट चित्त बुझ्दो जवाफ पाएपछि समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्