खिजी देम्बा गाँउपालिकामा ऐकिकृत घुम्ती शिविर सुरु



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकामा यहि फाल्गुन ७ गते देखि ऐकिकृत घुम्ति शिबिर सुरु गरिएको छ । खिजीदेम्बा गाँउपालिका र रेस्क्यू नेपालको शाझेदारीमा सञ्चालित घुम्ति शिविर सबै वडामा सञ्चालन हुने आयोजकले बताएका छन ।

गाँउपालिकामा अबस्थित सम्पूर्ण नागरिक हरुको सुबिधाको लागी शिविर सञ्चालन गरिएको र शिविरमा निशुलक स्वास्थ्य परिक्षण,उपचार,जेष्ट नागरिक सम्मान तथा परिचय पत्र बितरण , अशत्त ब्यात्तिहरुका लागी नागरित्ता बितरण गरिने खिजीदेम्बा गाँउपालिका प्रमुख बेद बहादुर रोकाले बताए । यहि फाल्गुन ७ गते खिजी देम्बा गाँउपालिकाको ९ नम्बर वडाको फाप्रे बाट शुरु गरिएको शिविर फाल्गुन ८ गते खिजीदेम्बा गाँउपालिका ६ बन्से,फाल्गुन ९ गते खिजीदेम्बा २ को फेताले,फाल्गुन १० गते खिजीदेम्बा १ को वडा कार्यलय रगनी,यसै गरि फाल्गुन ११ गते खिजी देम्बा ३ को वडा कार्यलय,फाल्गुन १२ गते खिजी देम्बा ४ को कुण्डली मा.बि.,१३ गते खिजी देम्बा ७ को हिम गंगा मा.बि रावादोलु र फाल्गरन १४ गते खिजी देम्बा ८ को भुसिंगामा शिविर सञ्चालन गर्ने तालिका रहेको गाँउपालिका प्रमुख रोकाले बताए ।

ऐकिकृत शिविरमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा देखिएका रोगहरुको उपचार यहि फाल्गन १८ गते देखि २१ गते सम्म खिजी देम्बा गाँउ पालिकाको ५ नम्बर वडामा सञ्चालन हुने शिविरमा उपचार गरिने खिजी देम्बा ५ का अध्याक्ष राम कुमार सुनुवारले बताए ।

यसै गरि शिविरमा स्त्री रोग परिक्षण उपचार तथा परामर्श,दात मुखको पक्षिण तथा उपचार,आखा परिक्षण तथा मोतिया बिन्दुको अप्रेशन र नाक कान घाटीको परिक्षण तथा उपचार गरिने खिजीदेम्बा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्ध गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्