मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध



sf7df8f}F, @@ c;f/ -/f;;_ M k|ltlglw;efsf] cfOtaf/sf] a}7s cf–cfkmgf] 7fpFdf pleP/ lj/f]w ub}{ k|d’v k|ltIfL bn g]kfnL sfFu|];sf ;f+;bx? . t:jL/ M /Tg >]i7 .

न्युज अफ नेपाल, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बिहीबार बसेको बैठक सुरु भएसँगै कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्री बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग बार्गेनिङ गरेको अडियो बाहिरिएकाे थियाे । अडियोमा स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिँदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने जस्ता कुरा भएका थिए ।अडियोमा एजेन्टले मन्त्रीलाई ५४.५५ करोड आउने बताएका छन् ।

राष्ट्रियसभा बैठकको अर्को बैठक १५ फागुनमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्