महिलाको खोजी



मेक्सिको सिटी, (एजेन्सी)

मेक्सिकोका प्रहरीले एकजना सात वर्षीया बालिका बेपत्ता भएको दिन उनको विद्यालयबाहिर सीसीटीभीमा उनीसँगै देखिएकी एक महिलाको व्यापक खोजी गरिरहेको छ ।

११ फेब्रुअरीको सो सीसीटीभी फुटेजमा फातिमा एल्ड्रिगेटलाई अन्तिम पटक जीवित अवस्थामा देखिएको प्रहरीले जनाएको छ। त्यसको चार दिनपछि उनको शव यातना दिएर फालिएको अवस्थामा भेटिएको थियो। ती महिलाको घरपतिको सहयोगबाट प्रहरीले उनको पहिचान गरेको छ।

आफ्नो अपार्टमेन्ट छोडेर बेपत्ता भइसकेकी ती महिलाको कोठामा प्रहरीले बालिकाको लुगा फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस्