सलोनी र प्रकृति फाइनलमा



बुटवल, (नेस)

तेस्रो बुटवल खुला लन टेनिस प्रतियोगिताअन्तर्गत तेस्रो दिन विभिन्न इभेन्टका खेलहरू सम्पन्न भएका छन्। रूपन्देही लन टेनिस संघको आयोजनामा बुधबार भएको खेलमा विजयी हुँदै महिला सिंगल्सतर्फ उपाधिका लागि सलोनी तामाङ र प्रकृति श्रेष्ठले फाइनल खेल्ने भएका छन्।

देवीनगरस्थित लन टेनिस कम्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा सलोनीले भगवती विकलाई ६–१, ६–२ को र प्रकृति श्रेष्ठले ईन्द्रकला श्रेष्ठलाई ६–२, ६–० को सोझो सेट पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्।

यसैगरी, पुरुष सिंगलतर्फ रितिक रानाले प्रदीप खड्कालाई ६–४, ६–१, सन्तोष खत्रीले निशान श्रेष्ठलाई ६–०, ६–२, नवीन मगरले विकास खड्कालाई ६–१, ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्