सिटिजन्स बैंकले ऋणपत्र निष्काशन गर्दै



सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपियाँबराबरको ऋणपत्र २०८६ निष्काशन गर्ने भएको छ। त्रैमासिक ब्याज भुक्तानी भएको उक्त ऋणपत्र १० वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो।

२ अर्ब ५० करोड बराबरको प्रतिऋणपत्र हजार रुपियाँ अंकित मूल्यका २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ऋण पुँजी रकम (५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने र बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋण पुँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थालाई व्यक्तिगत तर्फबाट बिक्री गरिने कुरा बैंकले जानकारी गराएको छ।

त्यस्तै डोल्पा जिल्लाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ। समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपांग छात्रछात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।

उक्त सहयोग रकमबाट विद्यार्थीलाई ओढ्ने तथा ओछयाउने लुगाको खरिद गर्ने कुरा समितिले जनाएको छ। सिटिजन्स बैंक इन्टरनेसनलले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्