एभरेष्ट बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता



एभरेष्ट बैंक र हेफर इन्टरनेसनल नेपालबीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ।

एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोद्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ। बैंकको हाल ९५ शाखा, १२२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन्। बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ।

यसैगरी हेफर इन्टरनेसनल नेपालले हालसम्म ४१ जिल्लामा २ लाख ५४ हजार गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ। हेफेरले महिला सहकारीमा वित्तीय पहुँच पु¥याउने काम पनि गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्