बैंक अफ काठमाण्डूद्वारा २५औं वर्ष पूरा



बैंक अफ काठमाण्डूले २५औं वर्ष पूरा गरेको छ। बैंकले २५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले २५औं वार्षिकोत्सवको लोगो सार्वजनिक गर्नु गर्नुभयोे। रजत उत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आईसीयु कक्ष निर्माण गर्न १ करोड सहयोग गरेको छ।

कार्यक्रममा गभर्नर नेपालले उक्त रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गर्नुभयो। त्यस्तै सेजन नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारको समावेशिता बढाउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न चाहिने तालीम प्रदान गर्न ५ लाख सहयोग गरेको छ।

बैंक अफ काठमाण्डूको हाल १० एक्टेन्सन काउन्टरसहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन्। आर्थिक वर्ष २०७६÷७७ को दोस्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा खुद मुनाफामा २० प्रतिशतले वृद्धि गरी ८८ करोड ३८ लाख कमाउन सफल भएको छ।

यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७ दशमलव ८४ प्रतिशत र ९ दशमलव १४ प्रतिशतले वृद्धि भई क्रमशः ९० प्रतिशत ११ अर्ब तथा ८२ दशमलव ४९ अर्ब पु¥याउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्