अब एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने



काठमाडौं, (नेस)

एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने नपाएको छ। बीमा समितिले बुधबार बीमा कम्पनीहरूका लागि परिपत्र जारी गर्दै त्यस्तो व्यवस्था लागू गर्न भनेको हो।

बीमा कम्पनीहरूले दाम्पत्य जीवन बीमा योजना सञ्चालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखमा रोक लगाएको हो। समितिले परिपत्रमा भनेको छ–‘यस समितिबाट पूर्वस्वीकृति लिएको तथा स्वीकृतिका लागि पेस हुने जीवन बीमा लेखमा पति-पत्नीको सुरक्षण लाभ समावेस नगर्नुहुन यो परिपत्र जारी गरिएको छ।’

श्रीमान् श्रीमती दुवैको एउटै बीमा लेखबाट बीमा गराउँदा जोखिम धेरै हुने भएपछि रोक लगाइएको समितिले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्