व्यवसाय लागत घटाउन अध्ययन हुँदै



काठमाडौं, (नेस) ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसायमा लागत घटाउन अध्ययन भइहेको बताउनुभएको छ। नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा उहाँले सरकार एकद्वारबाट कर संकलन गर्ने सोचमा रहेको समेत बताउनुभएको छ।

कर धेरै नभई निकाय धेरै भएको भन्दै आ–आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धीकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै उहाँले बीमालगायत अन्य सेवालाई अनलाइनमा जान प्रोत्साहित गरिरहेको बताउनुभयो।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हालै नवनियुक्त अर्थसचिव ढुंगानालाई भेटी बधाई ज्ञापन गर्नुका सार्थ कार्यकाल सफलताको कामना गरेको थियो। उहाँले निजी क्षेत्रसँग सहकार्य गरी अर्थत्रन्त्रको विकासमा जोड दिने अपेक्षा गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्