सार्वजनिक गाडीमा २ मिनेट यात्रु कार्यक्रम



नेपाल समाचारपत्र, सल्यान

गाडी चालकले यात्रुलाई राम्रो व्यवहार गर्दैनन्, अपशब्द प्रयोग गर्छन् भन्ने व्यापक गुनासो आउने गर्छन्, कतिपय ठाउँमा त तोकेको भन्दा बढी भाडा लिइएको पाइन्छ। यातायातका साधनहरूले यात्रुलाई विभिन्न तवरबाट ठग्ने गरेको पनि गुनासो आउने गरेको छ। तर, सल्यान प्रहरीले यसो हुन नदिन सार्वजनिक गाडीहरूमा २ मिनेट यात्रु कार्यक्रम चलाएको छ।

विशेष गरी राप्ती राजमार्गमा चल्ने लामो तथा छोटो दुुरीका सार्वजनिक गाडीहरूमा चढेर प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले २ मिनेट यात्रु कार्यक्रम सञ्चालन गर्नुभएको हो।

प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले यात्रुसँग प्रत्यक्ष भेटेर चालक, सहचालको व्यवहार, यात्राको क्रममा मापासे गरे नगरेको, सहचालकले सवारीसाधन चलाउने गरेको वा नगरेको तोकिएको भन्दा बढी भाडा लिए नलिएको बारेमा जानकारी लिनुभएको थियो ।

यात्राको क्रममा कुनै समस्या भएमा नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० मा सम्पर्क गर्न पनि प्रहरी प्रमुख खतिवडाले यात्रुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्