गुन्डाका नाइके तामाङ पक्राउ



काठमाडौं (नेस)
गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका–३ बोल्दे घर भई काठमाडौं जोरपाटी बस्ने पासलाल तामाङलाई जडीबुटीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ।

तामाङसमेतका व्यक्तिहरूले बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकदार र अज्ञ व्यक्तिहरूलाई पनि हातहतियार देखाइ ज्यान मार्ने, हात खुट्टा भाँचिदिने धम्की दिई त्रास पैदा गर्नेजस्ता कार्यमा संलग्न रहेको र महिला समेतलाई अभद्र व्यवहार गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले गुन्डागर्दीमा संलग्नमध्ये उनलाई पक्राउ गरेको हो।

तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेका र सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ।

तामाङलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्