एलन मस्कको सम्पत्ति बढ्यो



लस एन्जलस, (एजेन्सी)

अमेरिकाको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयर मूल्यमा आएको निरन्तर बृद्धिले कम्पनी मालिक एलन मस्कको सम्पत्ति पनि सोही अनुपातले बढेको छ।

अन्तरिक्ष यात्राका लागि निजी कम्पनी स्पेस एक्सका समेत मालिक रहेका मस्कको इलेक्ट्रिक कार कम्पनीको सेयर यो हप्ता लगातार तीव्र बृद्धि भएको हो। मंगलबार मात्रै यसमा २० दशमलव ५ प्रतिशतले बृद्धि भएको हो। त्यसपछिको दुई दिनमा सेयरमा ४० प्रतिशतले अप्रत्यासित बृद्धि आएको हो।

यस वर्षको २३ दिनको सेयर कारोबारमा अहिलेसम्म १ सय १४ प्रतिशतले बृद्धि भइसकेको छ। सेयरमा आएको यो उतारले कम्पनी सीईओ एलन मम्सको कुल सम्पत्तिमा १७ अर्ब ६० करोड डलर बृद्धि भएको छ। यो रकम भनेको भारतको सबैभन्दा ठूलो रिलायन्स कम्पनीको वर्षभरिको आम्दानीको तीन गुणा हो।

सन् २०१९ को चार त्रैमासिकमा रिलायन्सको कुल नाफा ६ अर्ब डलर थियो। ब्लुमबर्ग बिलिनियर सूचकांकमा मस्कको अहिलेको कुल सम्पत्ति ४५ अर्ब २० करोड डलर पुगेको छ।

टेस्लाको नयाँ प्लान्ट चीनमा तयार भई गाडी उत्पादन शुरु गरेपछि नै यस कम्पनीको सेयरमा उतार आउन थालेको हो। अमेरिकी सेयर बजारका विश्लेषकहरुले चीनको सांघाईस्थित नयाँ प्लान्ट टेस्लाको बृद्धिमा महत्वपूर्ण प्रमाणित हुन बताएका थिए। कम्पनीले गत महिना सांघाईको प्लान्टमा बनेको पहिलो मोडल लन्छ गरेको थियो। चीन एक विशाल बजार हो। यहाँ उत्पादन गर्नुले टेस्लालाई पर्याप्त फाइदा हुने अनुमान गरिएको छ।

टेस्लाले गत महिना आर्थिक स्थितिको घोषणा गर्दै १० वर्षपछि पहिलो पटक वार्षिक आधारमा नाफा भएको उल्लेख गरेको थियो। टेस्लाको नतिजा विश्लेषकहरुको अनुमानभन्दा पनि राम्रो र≈यो।

प्रतिक्रिया दिनुहोस्