सामसुङले ल्यायो मोबाइल साट्ने सुविधा



काठमाडौं, (नेस)

सामसुङ मोबाइलका लागि आधिकारिक बिक्रेता आईएमएसले आफ्नो स्मार्ट शोरूमहरूमा सामसुङ फोन साटासाट सुविधा ल्याएको छ।

कम्पनीले काठमाडौंमा रहेको पाको न्युरोड, रोयलसिंगी होटेल आर्केड कमलादी, पिपल्स प्लाजा, खिचापोखरी, अल्का अस्पताल नजिक, शेर्पामल, दरबारमार्ग र बौद्ध पिपलबोट चोकको नजिकको शोरुमबाट फोन साट्न सकिने व्यवस्था गरेको छ।

ग्राहकले अब पुरानो मोबाइलसँग साटेर सामसुङ स्मार्टफोन राम्रो मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। यसका लागि केबल आईएमएस स्मार्ट आउटलेटमा गएर पुरानो स्मार्ट फोनको विवरण दिनुपर्ने कम्पनीले जनाएको छ। त्यसपछि फारम भरेर ग्राहकले पुराना फोनको सट्टामा नयाँ सामसुङ फोन छान्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्