‘लोकतन्त्रको पूर्वसर्त आवधिक निर्वाचन’



काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अभिमत स्वीकार गर्न सकेमा मात्र लोकतन्त्र सुदृढ हुने विचार व्यक्त गर्नुभएको छ।

चौथो निर्वाचन दिवस २०७६ को अवसरमा निर्वाचन आयोगले आयोजना गरेको समारोहमा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘लोकतन्त्रको पूर्वसर्त आवधिक निर्वाचन हो।

निर्वाचनमा विद्युतीय मेसिनको प्रयोगमा कुनै शंका, द्विविधा नहुने गरी विश्वसनीयता कायम गरेर मेसिनको प्रयोग गर्ने, निर्वाचनको समयमा उम्मेदवारका तर्पmबाट गरिने खर्च पारदर्शी हुनुपर्दछ।’

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६/०७७–२०८०/०८१), निर्वाचन स्मारिका, २०७६ र निर्वाचन न्याय स्रोतपुस्तिका, २०७६ अर्पण गर्नुभयो।

समारोहमा राष्ट्रपति भण्डारीले निर्वाचन आयोग र अन्तर्गत कार्यालयमा उत्कृष्ट कार्यसम्पादन गर्ने ५ कर्मचारीलाई प्रशंसापत्रसहित पुरस्कार प्रदान गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक काम, कर्तव्य र अधिकारअन्तर्गत रहेर सम्पादन भइरहेका कार्यहरू र आगामी दिनहरूमा आयोगले राखेका सोचहरूबारे जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्