प्रतिभा नक्षत्रको अध्यक्षमा पुन



सञ्जयभक्त कँडेल, लन्डन ।

प्रतिभा नक्षत्रको अध्यक्षमा शिम्मी पुन निर्वाचित भएकी छिन् । संस्थाको प्रथम अधिवेशनले पुनको नेतृत्वमा २१ सदस्यीय कार्य समिति गठन गरेको हो ।

निर्वाचितहुनेहरूमा कमशः उपाध्यक्ष लक्षुमन गुरुङ्ग , महासचिव सुशिल प्रजापती, सचिव सन्तोष कार्की , कोषाध्यक्ष विजया दाहाल भण्डारी सदश्यहरूमा सूर्यविक्रम केसी , भरतमणी लिम्बु , दिर्घबहादुर केसी, रमण खत्री , राजेन्द्र खस बस्नेत, विष्णुकुमार चोङवाङ्ग लिम्बु , अञ्जना थापा , श्रद्धा थापा , अहिल्या कुँवर , अप्सरा शाक्य , अर्जुन शाही , नवराज कार्की , अभी महर्जन , निरञ्जन खड्का, तारा थापा र रेशम बस्याल रहेका छ्न ।

प्रतिकुल मौसमका वावजुद पनि निर्वाचनलाई सफल बनाउँन राजेन्द्र सुवेदीको संयोजकत्वमा गठित निर्वाचन समितिमा सर्वेन्द्र अधिकारी र हेमन्त सेढाईले प्रशंसनिय भूमिका खेलेका थिए ।

अधिवेशनलाई व्यवस्थित बनाउँन प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खस , संरक्षक मनिषकुमार श्रेष्ठ , खस समाजका अध्यक्ष इन्द्रकुमार कार्की खस , पूर्व कोषाध्यक्ष सूर्यबिक्रम केसी लगाएतले अहम भूमिका निर्वाह गरेका थिए । प्रतिभा नक्षत्रलाई स्थापना देखि नै सहयोगी भूमिका खेलेका कार्यसमिति सदश्य अर्जुन शाहीलाई अधिवेशन चलिरहदा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सन २०१७ मा स्थापना भई नेपाली कला, संस्कृति र परम्परालाई आधार मानेर प्रतिभा नक्षत्रले तिनवटा सफल सस्करण पुरा गरिसकेको छ । नेपाल र नेपालीको रहनशैली परम्परालाई प्रवासी नेपालीका दोश्रो पुस्तालाई हस्तातरण प्रकृयामा निरन्तर अभ्यास गरिरहेको संस्थाले प्रतिभा नक्षत्र एकेडेमीका माध्यमबाट भविष्यमा महत्वपूर्ण अनुभवहरू शेयर गर्ने तयारी गरेको छ ।

शिम्मी पुनको संयोजकत्वमा गठित प्रतिभा नक्षत्रको तदर्थ समितिले यस अघि नै नेपाली राजदुतावास लण्डन , बेलायतको माथिल्लो सदन पार्लायमेन्ट स्क्वायरमा आफ्नो प्रस्तुति दिइसकेको छ । यसले विभिन्न क्रियाकलापबाट एनआरएनए यूके लगायत विभिन्न सामाजिक संघ संस्था संग समन्वय गर्दै आफ्नो सफल सांगठनिक भूमिका मार्फत एउटा सफल संस्थाको रूपमा यूके नेपाली र अन्य समुदायमाँझ प्रतिभा नक्षत्रलाई कुशल स्थापित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्