रसुवामा एक कैदिको कैद मिनाहा



सरस्वती न्यौपाने, रसुवा ।

प्रजातन्त्र दिवसको अवसर पारी रसुवामा एक कैदिको कैद मिनाहा गरिएको छ ।

कारागारमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई दिवसको अवसरमा कैद मिनाहा गरिएको हो । कारागार रहदा अनुशासन, असल आचरण तथा राम्रो व्यवहार गरेकाले उनको कैद सजाय माफि भएको जिल्ला कारागार रसुवाले जनाएको छ ।

ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका उक्त व्यक्ति जिल्ला भित्रकै हुन् । सरकारले हरेक वर्ष बडा दशै, प्रजातन्त्र दिवश,गणतन्त्र दिवश, संविधान दिवश पारी कैदिहरुलाई कैद मिनाहा गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्