१ लाख घुससहित सिंचाइ डिभिजनका इन्जिनियर रङ्गेहात पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रहरीले जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।

एक लाख घुस रकम लिँदै गरेको अवस्थामा सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । चमेलिया नदी नियन्त्रण तथा तटवन्धन आयोजना उपभोक्ता समितिसँग घुस लिँदै गर्दा भट्ट रङ्गेहात पक्राउ परेका हुन् ।

आयोजना पारिदिए वापत उपभोक्ता समितिका पदाधिकारीसँग घुस मागेको सूचनाको आधारमा भट्टलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्