काभ्रेको जंगलमा मानव कंकाल भेटियो



न्युज अफ नेपाल, काभ्रे ।

काभ्रेको तेमाल गाउँपालिका ५ पोखरीनारायण स्थानको कुलकुटे सार्वजनिक जंगलमा मानव कंकाल भेटिएको छ । स्थानीयले बुधबार दिउँसो कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले आवश्यक मुचुल्का उठाएको छ । कंकाल परिक्षणका लागि अस्पताल पठाइने प्रहरीले बताएको छ ।

जंगलमा भेटिएको उक्त कंकाल पुरुषको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्