चीनद्वारा ३ अमेरिकी पत्रकारलाई देश निकाला



ऐजेन्सी । चीनले बुधबार तीन जना अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश दिएको छ ।

चर्चित अखबार वाल स्ट्रिट जर्नले चीन विरोधी समाचार सम्प्रेषन गरेको अभियोगमा चीन सरकारले उनीहरुको परिचयपत्र समेत रद्द गरेको छ । उनीहरुले सार्वजनिकरुपमा माफी नमागेका कारण देश निकाला गरिएको स्रोतले जनाएको छ । वाल स्ट्रिट जर्नमा प्रकाशित गरिएको उक्त लेखले जातीय विभेद दर्शाउने भन्दै विरोध गरिएको थियो ।

बुधबार दैनिक पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ताले यसबारे जानकारी दिएका हुन् । वाल स्ट्रिट जर्नल व्युरोका उपप्रमुख जोस चिन , संवाददाता चाव देङ र अर्का संवाददाता फिलिप वेनलाई ५ दिनभित्र चीन छाड्न आदेश दिइएको हो । चिन र देङ अमेरिकी नागरिक हुन् भने वेन अष्ट्रेलियन।

फेब्रुअरी ३ मा वालस्ट्रिट जर्नलको विचार पृष्ठमा ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शिर्षकको लेख छापिएको थियो । यसअघि पनि अगस्त महिनामा जर्नलकै संवाददाता चुन ह्यान वङलाई देश निकाला गरिएको थियो

प्रतिक्रिया दिनुहोस्