नेहाले पूर्वप्रेमीलाई दिईन कडा चेतावनी



एजेन्सी ।

नेहा कक्कडका पूर्वप्रेमी हिमांश कोहलीले हालै खुलासा गरेका छन् कि, नेहासँग उनले बिहे गर्न चाहन्थे तर नेहाले ब्रेकअप गरेकी हुन् । कोहलीले ब्रेकअपको निर्णय आफूले नलिएको र नेहाले आफै लिएको बताएका थिए । उनले नेहाले आफूहरुको सम्बन्धलाई अगाडि बढाउन नचाहेको बताएका थिए ।

हिमांशको यस्तो धारणा बाहिर आएपछि नेहा कक्कडले आक्रोशपुर्ण प्रतिक्रिया जनाएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम पोस्टमा कसैको नाम नलिएर लेखेकी छिन्– ‘जो मान्छे मेरा बारेमा गलत बोल्छन्, उनीहरु मसँग जल्ने गर्छन्, र उनीहरु फेक हुन्, पहिले पनि प्रयोग गरे, अहिले पनि प्रयोग गरिरहेका छन्, ओए, आफ्नो कामले फेमस बन्, मेरा कारणले होइन ।’

नेहाले चेतावनी दिँदै लेखिन– ‘म यहाँ तिम्रो बुबा, आमा र बैनीको कर्मको पनि बयान गर्नेछु, जो उनीहरुले मेरो बारेमा भने र गरे,’ नेहाले आक्रोश पोख्दै लेखेकी छिन्– ‘म तिमीहरुलाई चेतावनी दिइरहेकी छु, मेरो नाम प्रयोग गर्ने हिम्मत नगर, मलाई खलनायक बनाउने कोशिश पनि नगर, मसँग र मेरो नामसँग टाढै बस ।’

पछिल्लो समय नेहा इन्डियन आइडलमा निर्णायकको भूमिकामा समेत छिन् । नेपालमा आएर प्रस्तुति दिएका नेहाका कैयन् गीत हिट छन् ।

प्रतिक्रिया दिनुहोस्