यस्तै हुँदो रहेछ माया प्रेममा



गायिका वसन्ता प्रकृतिको गीत यस्तै हुँदो रहेछ बाबै माया प्रेममा म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
गायनमा राजनराज सिवाकोटीले साथ दिएको गीत यस्तै हुँदो रहेछ बाबै माया प्रेममा सार्वजनिक गरिएको हो। गीत वसन्ताको दोस्रो एल्बम साधनामा संगृहित छ। उनले यसअघि पहिलो एल्बमस्वरूप मनमा बजारमा ल्याएकी थिइन्।
डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन्। गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्