रिक्सा चालकको कथामा धुलो



आगामी फागुन १६ गते अल नेपाल रिलिज हुने फिल्म धुलोको फस्र्ट लुक सार्वजनिक गरिएको छ। सामाजिक विषयमा बनेको फिल्मको रिलिज डेट घोषणा गर्दै फस्र्ट लुक सार्वजनिक गरिएको हो।
प्रद्युम्न मिश्रको निर्देशनमा बनेको फिल्ममा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको छ।
बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा देखिनेछन्। सिके वाग्लेको प्रस्तुति रहेको फिल्म लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् भने दीपा धरेल सहनिर्माता रहेकी छिन्।
सुवास सिंह बस्न्यातको लेखन, रवीन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्।
निर्देशक मिश्रले धुलो अत्यन्तै मर्मस्पर्शी कथामा निर्माण गरिएकाले सबैले हेर्नुपर्ने दाबी गरे। ‘मैले कन्टेन्टमा फिल्म बनाएको छु। त्यसकारण हरेक नेपालीले मन पराउनुहुन्छ भन्ने विश्वास छ।’ –उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्