गोली प्रहार गरेर फरार आरोपी पक्राउ



सञ्जय कार्की, रौतहट ।

रौतहट प्रहरीले मङ्गलबार राती गोली प्रहार गरेर एक फरार आरोपीलाई पक्राउ गरेको छ । कर्तब्य ज्यान मुध्दामा फरार रहेका तत्कालिन तराई जन्तानत्रीक मुक्ती मोर्चाका ईन्र्चाज मौलापुर नगरपालिका–८ सोनरनिया निबासी ४० बर्षिय अभय भनिने कामेश्वर पटेल कुर्मीलाई पक्राउ गरेको हो ।

कर्त्वय ज्यान लगायतका दर्जनौ अपराधमा उनको सग्लनता रहेकोमा उनी वर्षो देखी फरार रहेको अबस्थामा पक्राउ गरिएको छ । उनलाई धन्सार जङ्गलसैया जाने बाटोमा प्रहरीले चार राउण्ड गोली प्रहार गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बारा प्रहरीले खोजेको जानकारी पाएका पटेलले भाग्दै गरेको अबस्थामा रौतहट प्रहरीले एम्बुस थापेको अबस्थामा गोलि प्रहारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्ना साथ पटेलले फायर खोलेकोले उनलाई पक्राउ गर्न प्रहरीले चार राउण्ड गोलि प्रहार गरेको जनाइएको छ ।

गोलि प्रहारबाट पटेलको बाया खुटामा दुई राउण्ड गोलि लागि घाईते भएका छन । उनको उपचार चन्द्रपुर अस्पताल प्रालिमा भैरहेको छ । उनको साथबाट नलकटुवा पेस्तोल एक थान सहित पाँच राउण्ड गोलि बरामद भएको छ ।

 

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक राजन थापाको कमाण्डको टोलिले घटनाको मुचुल्का तयार गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्