ह्वाइटहाउस र जेभियर उपाधि नजिक



काठमाडौं, (नेस) 
ह्वाइटहाउस र जेभियर इनटरनेसनल आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा ह्वाइटहाउसले न्यु जेनिथलाई ७५–५६ ले पराजित ग¥यो।
ह्वाइटहाउसको जितमा सुरज खत्रीले २५ अंकको योगदान गरे। सविन कार्कीको १५ अंक सहयोगमा जेभियरले समृद्धिलाई ७३–६६ ले हरायो। फाइनल खेल बुधबार हुनेछ। त्यसै दिन न्यु जेनिथ र समृद्धि पनि तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्