क्षेप्यास्त्र परीक्षण 



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानले मंगलबार ६ सय किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने क्षमताको ‘राड–२’ क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको सेनाले घोषणा गरेको छ।
‘राड–२’ क्षेप्यास्त्र प्रणाली अत्याधुनिक गाइडेड र नौसैनिक वाहन प्रणालीयुक्त भएको सेनाको सञ्चार इकाइ इन्टर–सर्विसेज पब्लिक रिलेसन्सको एक प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। उक्त क्षेप्यास्त्रले अत्यन्त सटिक तरिकाले लक्ष्य भेदन गर्न सक्ने बताइएको छ।
पाकिस्तानी सेनाका वरिष्ठ अधिकारीहरुले क्षेप्यास्त्रको सफल परीक्षण निरीक्षण गरेको विज्ञप्तीमा जनाइएको छ। भारतसँगको तनाव उत्कर्र्षमा पुगेको बेला पाकिस्तानले उक्त क्षेप्यास्त्रको परीक्षण गरेको हो।

प्रतिक्रिया दिनुहोस्