२४ जनाको हत्या



आउगादोयगु, (एजेन्सी)
बुर्किना फासोमा आक्रमणकारीहरुले एक पादरीसहित २४ जनाको गोली हानी हत्या गरेको छ। तीन जनालाई अपहरण गरिएको र अन्य १० जना घाइते भएको बताइएको छ।
याघा प्रान्तको पासनी इलाकामा उक्त हमला पश्चिमी अफ्रिकी देशमा एक धार्मिक नेताविरुद्ध भएको बाउडोरे कम्युनका मेयर सिहनरी ओसनगोला ब्रिगाडीले जानकारी दिए।
आक्रमणकारीहरुले पसलहरुबाट तेल र चामल पनि लुटेका थिए। हमलामा इसाई र मुस्लिम दुवै धर्मका व्यक्तिहरु मारिएको जनाइएको छ। २० आक्रमणकारीले प्रोटेस्टेन्ट चर्च नजिकै पुरुष र महिला अलग छुटट्याएपछि आक्रमण गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्