घानी निर्वाचित



कावुल, (एजेन्सी)
अफगानिस्तानका राष्ट्रपति असरफ घानी गत सेप्टेम्बरमा भएको चुनावमा विजयी भएको मंगलबार घोषण गरिएको छ। मतदानमा धाँधली भएको भएको आरोपका कारण सो चुनाव ढिलाइ भएको थियो।
अर्को कार्यकालका लागि निर्वाचित घानीले ५० दशमलव ६४ प्रतिशत मत हासिल गर्न सफल भएको अफगानिस्तानको निर्वाचन आयोगले जनाएको छ।
उनको प्रमुख प्रतिद्वन्द्वी अब्दुल्लाहले ३९ दशमलव ५२ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा रहन पुगेका छन्। घानीका विपक्षीले २८ सेप्टेम्बरमा सम्पन्न मतदानमा व्यापक धाँधली र प्राविधिक गडबडी भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्