निरन्तर बढ्दै सुनको भाउ



काठमाडौं, (नेस)
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा क्रमशः वृद्धि भएको छ। सोमबार ७६ हजार ५ सय रुपियाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपियाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार। छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको छ। यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ।
मंगलबार चाँदी प्रतितोला ८ सय ९० रुपियाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्