सर्वोकृष्ट वर्ष खेलाडीलाई ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन



ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ।
पुरुषतर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाईडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट हुनु भएका तेकवान्डोकी निमा गुरुङलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले जनही एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रूपमा खटि काम गर्ने संघ संस्था, व्यक्तित्वहरू लगाएत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ। सोहि कार्यलाई निरन्तरता दिदैं १४औं एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्