पुनर्बीमा कम्पनीले डेढ अर्बको आईपीओ निकाल्ने 



नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोड रुपियाँबराबरको साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता सय रुपियाँका दरले १ करोड ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भइसकेको छ। कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड २ रेटिङ गरेको छ। १५ अर्ब अधिकृत पुँजी, १० अर्ब जारी पुँजी र आठ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब रुपियाँ पुग्नेछ। कम्पनीमा सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व छ।

प्रतिक्रिया दिनुहोस्