युद्ध कमाण्डर देखि उपमेयरसम्म,संघर्षशील “उषा”



कालीबहादुर मल्ल,कालिकोट  ।

माओवादी जनयुद्धमा होमिएका महिलामध्ये एक हुन् ,रास्कोट नगरपालिका–१, सिप्खानाकी मिमसरा बम “उषा” । १५ वर्षको कलिलै उमेरमा माओवादी जनयुद्धमा लागेकी बमले समाज रुपान्तरणको सपना देखिन् ।

समाज रुपान्तरणमा सानै उमेरमा लागेकी बमको नाम पार्टीले राखिदियो ‘उषा’ । सानै उमेरमा जनयुद्ध लागेर माओवादी छामापार बनेकी उषा अहिले रास्कोट नगरपालिकाको उपप्रमुख भएर जनताको सेवा गरिरहेकी छन् । जनयुद्धमा लागेर समाज रुपान्तरण देखेको सपना अहिले गाउँमा विकास निर्माणमार्फत जनताको सेवा गर्ने उद्देश्य राखेकी छन् ।

कर्णाली प्रदेशको विकटकालिकोट जिल्ला रास्कोट नगरपालिका १ सिप्खानामा गाउँमा आमा पुल्ती बम बुवा नरबहादुर बमको कोखवाट २०४२ माघ १ गते जन्मिएकी उषाको कथा बेग्लै छ । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले चलाएको सशस्त्र युद्धमा २०५७ बैशाख १९ गते पूर्णकालिन भई भूमिगत भएकी उषा आफ्नो निकै दुखदायी कथा ब्यथा रहेको बताउने उषाको अहिले रास्कोट नगरपालिकाको उपप्रमुख रहेकी छन् ।

जनमिलिसिया हुँदै कम्पनी कमाण्डर

जनयुद्वमा भुमिगत राजनीतिमा लागेको एक हप्तामा जनमिलिसिया कमाण्डर त्यपछि छापामार,जिल्ला प्लाटुन,कम्पनी,बटालियन,बिग्रेड हुदै डिभिजनमा काम गर्दै बिभिन्न तहगत जिम्मेवारी पुरा गर्दै कम्पनी कमाण्डरबाट अबकास पाउनु भएको हो । उहाँ महिला भएपनि जनमुक्ती सेनामा एक निडर, सहसि सिपाइको रुपमा सफलतापूर्वक जिम्मेवारी निभाउनु भएको उहाँका सहकर्मीहरु वताउनु हुन्छ ।

उहाँ रास्कोट नगरपालिकाको उपप्रमुखको जिम्मेवारीमा भइरहदा रास्कोटी जनताका मनष्तिष्कमा रहन सफल हुनु भएको छ । जनताका भावना वुझन सक्ने,विपन्न,गरिव,निमुखा,असाहय,अनाथको अभिभावकको भूमिकामा हुनुहन्छ ।

सत्बरियादेखि पिलिसम्म

दाङको घोराही, सत्बरिया,बाजुराको पाण्डुसेन,सल्यानको दामाचौर,अछाम साँफेबगर,रुकुमको पहिलो खारा, दोर्साे खारा, रोल्पाको लिस्ने र गाम,अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क,जुम्ला सदरमुकाम खलंगा आक्रणका मोर्चाहरु सहभागि भइ सफलताका साथ लडाइको मार्चामा सहभागि भएको उहाँको भनाइ रहेको छ ।

साथै पुर्व मोरङ जिल्लाको बेलबारी चौकी,भोजपुर जिल्ला सदरमुकाम,ईलामको पसुपतीनगर सिमाना चौकी दुई दर्जन भन्दा बडी पुर्बका मोर्चाबन्दी भिडान्तहरु,बर्दियाको रम्भापुर कैलालीको संकरपुर,चिसापानी,कालिकोटको पिलि,स्याङ्जाको मनाकामना,नवलपरासीको सुनवल,पाल्पाको तानसेन,कपिलवस्तुको तौलिहवा,लगायत धेरै लडाईहरुमा सहभागी वभएको उहाको अनुभव रहेको छ ।

शोकलाई सक्तिमा वदल्न सक्ने

“भुमिगत भयको एक बर्ष पछी मेरै चिन्ताले मुवा बित्नु भयो र बितेको एक बर्ष पछि म घर आय पछी थाहा पाएँ, ममि बितेको घरमा आएपछि मुवा खै त भनेर सोध्दा बित्नु भयो भन्ने सुनेर म एक रात भरी बेहोस भए पछि मेरो आमा लगाएत हजारौ नारिको मुक्तिको लागि मैले शोकलाई शक्तिमा परिणत गरे”– मिमसराले भन्नु भयो ।

बर्दियाको भुरिगाँउमा घेरामा परेको बेला आफूलाई बाच्ने कुनै आशा नभएको पछि दुस्मनको घेराबाट जोेगिदानयाँ जिवन पाएको भान भएको उहाको भनाइ रहेको छ ।

आफूसँगै युद्धमा लागेका मामाकी छोरी मिना शाही, कल्पना शाही, काका गोबिन्द बम कोपीला, भदै अस्पुरा शाही एलिजा लगएतलाई गुमाएको वताउनु भहुन्छ ।

अन्य कालिकोट भित्रका साथैहरु अरुण कुमालगाँउ,बेदना राम्नाकोट,अशोक पलाँता,अनिल रुप्सा,युवराज कोटबाडा सन्देश कोटबाडा सकुन्त लालु लेखक कोटिला,कुशल कोटिला पहाड कोटीला ,अखिल मेलमुडी लगायत धेरैले सहदत पाप्त गरेको आफ्नै आखाले देख्नु परेको सुनाउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्