लेलेमा व्यक्तिको घरमा ग्रेनेड राख्ने सेनाका भूपू हवल्दार पक्राउ



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेमासुकुराममिजारको घरमा ग्रेनेड बम राख्ने एक व्यक्ति पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनी नेपाली सेनाका भूतपूर्व हवल्दार राजन बयलकोटी रहेको जनार्ईएको छ ।

जग्गा दलाली गर्ने मिजारलाई रकम माग्ने उद्देश्यले बम राखेको खुलेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।
बयलकोटीले आइतबार बेलुकी लेलेको स्थानीय मिजारको घरमा बम राखेकाथिए ।

बम राखेको सोमबार विहानथाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको थियो । बम राख्नु अघि मिजारलाई फोन गरेको समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्