‘वाइ वाइ ग्लोकल टीन हिरो २०२०’ को आवेदन खुला



न्युज अफ नेपाल, काठमाडौं ।

‘वाई वाई ग्लोकल टिन हिरो२०२०’ ले आवेदन खुला गरेको छ । ग्लोकल प्रालीले आवेदन खुला गरिएको जानकारी दिएको छ।ग्लोकल प्रा. ली. र भारतिय राजदुताबासले काठमाडौं स्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमको आयोजना गरी वाइ वाइ ग्लोकल टीन हिरो ईन्डियाको दोस्रो संस्करण सुरु भएको घोषणा गरेको हो ।

किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी उद्यमशील सोँचाइको विकास गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कम्पनीले जनाएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरण्का कार्यहरु लगायत बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले आबेदन भर्न सक्ने छन।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरर्वाता र दस्तावेज समिक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ।

ती ६ जनाबाट बिजेता छनौट गरिने कम्पनीले जानकारी दिएको छ।२०१९ मा ग्लोकल टीन हिरो बाट बिभिन्न क्षेत्रका भारतीय किशोर किशोरीहरु सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्