मट्टितेल खन्याएर बुहारीलाई जलाउन खोज्ने सासु जेल चलान



न्युज अफ नेपाल,जनकपुर ।

बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासुलाई जेल चलान गरिएको छ ।धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बुहारी सुधिरा देवी यादवलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु रामपरी देवीलार्ई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घरायसी विवादका कारण सासुसहित परिवारका अन्य सदस्यहरु मिलेर कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाउन खोज्दै गर्दा स्थानीय टोलबासीहरुले अवरोध गरेपछि उनीहरु असफल भएका थिए ।

धनुषामा पछिल्लो समय महिला हिंसाका घटनाहरुमा लगातार वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाएको छ ।

प्रहरीमा परेको जाहेरीका आधारमा सासु रामपरी देवीलाई पक्राउ गरी अदालतमा पेश गरेपछि जिल्ला अदालत धनुषाले करागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्