पर्वतको मोदीबेणीमा बेवारिसे शब फेला



दुर्गाप्रसाद शर्मा,पर्वत।

पर्वतको पबित्रस्थल मोदीबेणी नजिकै मोदीखोमा एक पुरुषको बेवारिसे शब फेला परेको छ ।  कुस्मा नगरपालिका वडा नं ५ मा पर्ने मोदीबेणी र फलेबास जोड्ने पुल नजिक मंगलबार दिउँसो मोदीखोलामा अन्दाजी ५० बर्षिय पुरुषको शब फेला परेको हो ।

मोदीखोलामा घोप्टो परेको अबस्थामा ढुंगाले अडिएको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । जनै लगाएको, सेतो सर्ट र टिर्सट लगाएको गहुँगोरो पुरुषको शब खोलामा देखेपछि मोदीबेणीमा रहेका मलामीले प्रहरीलाई खबर गरेका थिए ।

शब सडेगलेको अबस्थामा नभएका एक दुई दिन पहिलेको मात्रै भएको अनुमान गरिएको छ ।फेला परेको शबलाई पर्वत अस्पताल कुस्मामा राखिने प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्