विवाह गर्ने उमेर घटाएर १८ वर्ष कायम गर्न प्रदेश सांसदको माग



न्युज अफ नेपाल, बुटवल ।

प्रदेश नम्बर ५ का एक प्रदेशसभा सदस्यले विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न माग गरेका छन् ।आज बसेको प्रदेश ५ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै समाजवादी पार्टीका सांसद विजयबहादुर यादवले केटीको विवाह गर्ने उमेर १८ वर्ष कायम गर्र्न माग गरेका हुन्

हाल बिद्यमान कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिँदा विशेष गरी मधेशी र मुस्लिम समुदायमा यौनजन्य विकृति र अपराध बढेको उनको दाबी छ । प्रशासनले तराईका जिल्लाहरुमा बालविवाहको आरोपमा मधेशी र मुस्लिम समुदायमाथि धरपकड र दुःख दिने काम गरेको भन्दै उनले कानून संशोधन गरी विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग गरेको बताए ।

नागरिकलाई १६ वर्षमा नागरिकता दिन मिल्ने, १८ वर्ष पुगेकालाई मतदान गर्न दिने अनि विवाह गर्ने उमेर २० वर्ष तोक्नु अवैज्ञानिक र अव्यवहारिक भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्