पूर्वसांसद ज्ञवालीको निधन



न्युज अफ नेपाल,काठमाडौँ ।

पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा आ बिहान निधन भएको छ ।

काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य समेत बन्नुभएको थियो ।

ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । यसैबीच, वीपी विचार राष्ट्रिय समाजले समेत भागवत ज्ञवालीको निधनप्रति गहिरो दुःख ब्यक्त गरेको छ ।

समाजका केन्द्रीय सभापति कुलबहादुर (केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले आज एक शोक वक्तब्य जारी गदै ज्ञवालीप्रति दुःख ब्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्