लोक दोहारी गायक प्रकाश कटुवाल पक्राउ



न्युज अफ नेपाल,काठमाडौँ ।

लोक दोहोरी गायक प्रकाश कटुवाल तनहुँबाट पक्राउ परेका छन् ।कटुवाललाई गए राति ज्यान मार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहूँका अनुसार कटुवालले तनहुँको डुम्रेस्थित होटल डाँफेका मालिक लालकाजी गुरुङलाई रड प्रहार गरेर घाइते बनाएका थिए । रड प्रहारबाट गुरुङको टाउकोमा चोट लागेको छ ।

घाइते गुरुङकी छोरीले दिएको किटानी जाहेरीका आधारमा कटुवाललाई पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा पक्राउ गरिएको हो ।

गत शुक्रबार एक कार्यक्रमका लागि पोखरा जाने क्रममा होटल डाँफेमा नास्ता खाने क्रममा विवाद भएको थियो । गुरुङ र कटुवालबीचको बिवादपछि प्रकाशले प्रतिशोध साध्ने हिसाबले रड प्रहार गरेको बताईएको छ ।उनीमाथी ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्