बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालद्वारा रसुवागढीस्थित हेल्थ डेस्क निरिक्षण



सरस्वती न्यौपाने,रसुवा ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी स्थित हेल्थ डेस्कको निरिक्षण गर्नु भएको छ ।मन्त्री दुलालले भन्नुभयो हेल्थ डेस्कलाई व्यवस्थि गर्न आवश्यक घर मन्त्रालय बाट अस्थायि भवन निर्माणका लागी बजेट उपलब्ध हुन्छ ।

नागरिकका का लागी स्वास्थ्य सुरक्षामा गम्भीर रहेको ले तत्काल आवश्यकता रहेको संरचना निर्माण गरि स्वास्थ्य कर्मी राख्ने र आवश्यक सामाग्री राखी स्वास्थ्य परिक्षण गर्न सकिने अवस्थाको अस्थाई भवन निर्माण हुनेछ ।

रसुवगढी नाकामा मन्त्री दुलाल सँगै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, सुरक्षा निकायका प्रमुख सहित राजनैतिक दलका नेता लगायतका सरोकार वाला हरु फागुन ४ गते पुगेका थिए ।

अस्थायी भवनमा दुई वटा कोठा र एउटा हल सहित को भवन निर्माण हुनेछ र अहिले कोरोना भाइरसको चेक जाँच जोखिमयुक्त टहरामा केरुङबाट आएका तथा केरुङ जाने विदेशीको स्वास्थ्य जाँच भइरहेको छ ।अहिले सवारी साधन को आवतजावत बन्द भएपछि नाका सुनसान नै छ । अस्थायी भवन १५ दिनमा निर्माण सम्पन्न गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्